एमालेप्रति आकर्षण : माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष नै एमालेमा प्रवेश

काठमाडौं । ओखलढुंगाको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष छवीरमण धमला एमालेमा प्रवेश गर्नुभएको छ ।

आज मंगलबार सुनकोसी गाउँपालिकाको वडा नं. १० मा आयोजित एक कार्यक्रमका बीच धमला एमाले प्रवेश गर्नुभएको हो ।
धमला सहित एमाले प्रवेश गर्नेहरूलाई संघीय सांसद यज्ञराज सुनुवार लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो।

माओवादी पार्टी यथास्थितिमा दक्षिणपन्थी बाटोमा लागेकोले आफुले उक्त पार्टी परित्याग गरेको धमलाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *