एमालेमय बन्दै बिरगंज : काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष हबिब मियाँ एमालेमा प्रवेश

वीरगञ्‍ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर-२१ परवानीपुरका अध्यक्ष हबिब मियाँ नेटुवा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उहाँ आज सोमबार एक कार्यक्रमका बिच नेकपा एमालेमा प्रवेश गर्नुभएको हो।

वडाअध्यक्ष मियाँलाई नेकपा एमाले पर्साका निर्वतमान अध्यक्ष एवं संविधान सभा सदस्य विचारी यादव, ईन्चार्ज प्रभु हजारा, प्रदेश कमिटी सदस्य बसरुद्दिन अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलगायतले माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *