चितवनबाट प्रचण्डलाई आफ्नै ‘साढुभाई’ खेम भट्टले साथ छाडेर एमालेमा प्रवेश

काठमाडौं ! माओवादी केन्द्र चितवनका प्रभावशाली नेता खेम भट्ट नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज (आइतबार) भरतपुर स्थित पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रमबाट उहाँ एमालेमा प्रवेश गर्नुभएको हो । नेता भट्ट दम्पतीलाई एमाले उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीमा खादा र टीका लगाएर स्वागत गर्नुभएको हो ।

नेता भट्ट माओवादी केन्द्र चितवनका जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि र भरतपुर महानगरपालिका वडा नम्वर ३ का इन्चार्ज हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढुभाई हुनुहुन्छ । भरतपुरको पटिहानीका भट्ट २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *