माधव नेपाल काङ्ग्रेससँग बिकेको आरोप लगाउँदै एमालेमै फर्किए एस कंचनपुरका जिल्ला उपाध्यक्ष कुँवर

कंचनपुर ! नेकपा एसका कञ्चनपुर जिल्ला उपाध्यक्ष रविन्द्र कुँवर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किनु भएको छ । आज एक कार्यक्रमका बिच उहाँ आफ्नो मुल पार्टी एमालेमा फर्किनु भएको हो।

उहाँलाई नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले खादा ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो। साथै उक्त अवसरमा एमाले पोलिटब्युरो सदस्यद्वय राजेन्द्रसिंह रावल, निरुदेवी पाल, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट लगायतका नेताहरुको पनि उपस्थिति थियो ।

मुल घर फर्किने क्रममा नेता कुँवरले भन्नुभयो-‘आफूले एमाले छोडेर गल्ती गरेको र उक्त गल्ती महसुस गरेपछि आफू एक मिनेटपनि समाजवादीमा बस्न मन नपराएकोले मुल घर फर्किए। समाजवादीको नेतृत्व दक्षिणपन्थी बाटोमा हिडेको र आफुले उक्त बाटो स्विकार गर्न सकिन।’ नेता कुवँरले माधव नेपाल कम्युनिस्ट नरहेको र काङ्ग्रेससँग बिकेको आरोप लगाउनु भयो।                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *