प्रचण्डलाई दर्जनौं आरोप लगाउदै सुदुरपश्चिम प्रदेश सदस्य मदन धामीले त्यागे माओवादी केन्द्र : एमालेमा प्रवेश गर्ने गरे घोषणा

काठमाडौं ! माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य मदन सिंह धामी ले उक्त पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् ।

आज एक प्रेस बिज्ञप्ति लेख्दै उनले प्रचण्ड चरम दक्षिणपन्थी भएको र परिवारवादबाट माथि उठ्न नसकेको जस्ता अनेकौं आरोपहरु लगाउदै उनले माओवादी केन्द्र परित्याग गरेका हुन् । ०६३ सालपछि माओवादी आफ्नो एजेन्डाबाट च्युत भएको र हाल दक्षिणपन्थी गठबन्धनसँग सहकार्य गरि माओवादीको विचारलाई तिलान्जली दिएको आरोप छ। यसै गरि वर्तमान परिप्रेक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीको `सुखी नेपाली,समृद्ध नेपाल´को नारा र भिजनले आफ्नो मन जितेकोले आफुले जनताको बहुदलीय जनवाद अनुशरण गर्न तयार भएको उल्लेख गरेका छन् ।                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *