रौतहट राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश

काठमाडौं ! रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेर आज कांग्रेसबाट निर्वाचित मेयर अख्तर एमालेमा प्रवेश गर्नुभएको हो।

उहाँसँगै राजपुर नगरपालिका वडा नम्बर ३ र ९ का वडाध्यक्ष पनि एमालेमा प्रवेश गर्नुभएको छ।
एमाले स्थायी कमिटी सदस्य प्रभु साहको विशेष पहलमा उहाँहरु एमाले प्रवेश गर्नुभएको हो।

त्यसैगरी कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सदस्य शेख मुबारक, शेख इम्ताज र लोसपाका केन्द्रीय सदस्य शेख मन्जुर पनि एमालेमा प्रवेश गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *