गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरी सहित २ हजार नेता-कार्यकर्ता एमालेमा प्रवेश

बर्दिया ! गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरी बिहीबार एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुलरियामा आयोजित आमसभामा टिका लगाएर पार्टीमा प्रवेश गराउनु भएको छ ।

गिरी कांग्रेसकी महिला संघकी पूर्वसभापति र गुलरिया नगरपालिकाबाट निर्वाचित उपप्रमुख हुनुहुन्छ । यसैगरी कांग्रेसबाट गुलरिया- ६ बाट निर्वाचित वडाध्यक्ष निरज शर्मा पनि एमालेमा प्रवेश गर्नुभएको छ । एमालेनिकट नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय अधिवेशनलाई उद्घाटन गर्न गुलरिया पुग्नु भएका अध्यक्ष ओलीले उपमेयर र वडाअध्यक्ष पार्टी प्रवेश नभई पुरानै घर फर्केको बताउनु भयो ।
यसैगरी समाजवादी, माओवादीलगायत पार्टीबाट करिब २ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *