जसपाबाट निर्वाचित दुई गाउँपालिकाका उपाध्यक्ष एमाले प्रवेश गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट स्थानिय तहको निर्वाचन जितेका दुई गाउँकालिकाका उपाध्यक्ष नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

नेकपा एमालेका केन्द्रीय प्रचार विभागका सदस्य एवं वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासका अनुसार धोविनी गाउँपालिका उपाध्यक्ष पारस पटेल र सखुवाप्रसौनी गाउँपालिका उपप्रमुख फुलमती देवी थरुनी एमाले प्रवेश गर्न लागेका हुन् ।

दुई उपाध्यक्षसहित अन्य पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली वीरगञ्ज जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *