माओवादी केन्द्र धादिङबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं ! नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमाले प्रवेश गर्नुभएको छ । आज उहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर पार्टी प्रवेश गर्नुभएको हो ।
उहाँ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि आफ्नै घर फर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *