लोसपाका केन्द्रीय सदस्य जयसवाल नेकपा एमालेमा प्रवेश

काठमाडौं ! लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य कन्थमणि जयसवाल सो पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

उद्योग वाणिज्य संघ रौतहटका पूर्वअध्यक्षसमेत रहनु भएका जयसवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा टिका  र खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको हो ।

पार्टीमा स्वागत गर्नु हुँदै अध्यक्ष ओलीले इमान्दारिताकाको साथमा समाज र जनताको हितमा लाग्दै पार्टीलाई अब आउने स्थानिय तहको निर्वाचनमा विजयी गराउन एकढिक्का भएर लाग्न जयसवाललाई निर्देशन दिनुभयो। उहाँले नेकपा एमालेले जितेमात्र वास्तवमा मधेस र मधेसीको हित हुने भन्दै अहिले मधेसका सबै वर्गको साथ र माया नेकपा एमालेले पाइरहेको भन्दै यस पटक मधेसमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *