चितवनबाट माओवादी केन्द्र परित्याग गरि ७३ जना एमालेमा प्रवेश

भरतपुर ! भरतपुर महानगरपालिका–११ को गणेशस्थानका ७३ जना नेकपा (एमाले) प्रवेश गरेका छन् । काँग्रेस र माओवादी केन्द्र परित्याग गरी उनिहरु एमाले प्रवेश गरेका हुन् ।
गणेशधाममा आज (शनिवार) आयोजित कार्यक्रम मार्फत एमाले पोलिटव्यूरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले उनिहरुलाई टिका र खादा लगाएर एमाले प्रवेश गराउनुभएको हो ।

मनोज रानामगरको नेतृत्वमा काँग्रेस र माओवादी केन्द्र परित्याग गरी ७३ जना एमाले प्रवेश गरेको एमाले भरतपुर–११ वडा कमिटीका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिनुभयो । उहाँले वडामा पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै अझै ठूलो संख्यामा प्रवेशको तयारी भइरहेको बताउनुभयो । केही दिन अघि मात्र भरतपुर ११ कै लामा टोलबाट ठूलो संख्यामा काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेको थिए ।

 

सो कार्यक्रममा बोल्दै एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले देशैभर एमालेको पक्षमा जनलहर सृजना भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘एमाले जनताको मनमा बसेको पार्टी हो, यसकारण चितवनसहित देशैभर प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।’ उहाँले चितवनमा सुकुम्बासीलाई लालपूर्जा दिने भन्दै भ्रम सृजना गरिएको बताउनुभयो । आफु आयोगको अध्यक्ष हुँदा भएका कामको निरन्तरता मात्रै रहेको भन्दै निस्सा बाँडेर लालपुर्जा बाँडेको भन्ने अफबाह फैलाइएको बताउनुभयो ।
सो कार्यक्रममा लिला कार्कीको अध्यक्षतामा २५ सदस्सीय टोलकमिटी गठन भएको छ भने टोलमा अनेमासंघ गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *