एमाले प्रवेश लहर : नेकपा समाजवादी माले पार्टी एमालेमा समाहित

काठमाडौं ! नेकपा समाजवादी मालेका अध्यक्ष जगत बहादुर बोगटी लगाएत पुरै केन्द्रीय कमिटी नेकपा एमालेमा समाहित भएको छ । अछामी कम्युनिष्ट आन्दोलनका हस्ती, पुर्व भुमिसुधार एवं व्यवस्था बाणिज्य मन्त्री जगत बहादुर बोगटीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।

अध्यक्ष बोगटी सहित अन्य १८ जना केन्द्रीय सदस्य गरि ४०० जनाले एमाले प्रवेश गरेका नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मंचका सचिव रमेश भण्डारीले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्दै नेता बोगटीले आफ्नो पुरानो घरमा फर्किएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम सहईन्चार्ज यज्ञ बोगटी लगाएतका नेताको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *