साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तान एमालेमा प्रवेश

काठमाडौं ! साधना कला केन्द्रका संस्थापक निर्देशक एवं प्रतिभाशाली कलाकार मिलन मोक्तान नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। उहाँ आज एमाले अध्यक्ष ओली निवास बालकोटमा पुगि एमाले पार्टीमा प्रवेश गर्नुभएको हो l

कलाकार मोक्तानलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टिमा स्वागत गर्नु भएको थियो l नेकपा एमालेका सल्लाहकार तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक लक्ष्मण रायमाझी, सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा र मदन भण्डारी स्पोर्टस एकेडेमीका भारत इंचार्ज गोपाल थापाले यसक्रममा समन्वयकारी भूमिका निर्बाह गर्नुभएको थियो l             

Leave a Reply

Your email address will not be published. Required fields are marked *