प्रचण्डलाई छाडी हजारौं पुर्व माओवादी लडाकुहरु आज एमालेमा प्रवेश गर्दै

काठमाडौं ! नेकपा एमाले प्रवेशका लागि हजारौं माओवादी पूर्व लडाकुहरु काठमाडौं आएका छन् ।
भक्तपुरमा आज हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व लडाकुहरुलाई एमाले प्रवेश गराउदै हुनुहुन्छ ।
एमाले केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले प्रवेश गर्ने पूर्वलडाकुहरुको व्यवस्थापन गर्नुभएको छ । उहाँका अनुसार सांकेतिकरुपमा युवाहरुलाई उत्पादनसँग जोड्ने कार्यक्रम (कृषि बजार उदघाटन)कै अवसरमा पूर्वलडाकुलाई एमाले प्रवेश गराउन लागिएको जनाइएको छ ।
प्रसाईंले पूर्वी नेपालका धेरै जिल्लासहित लुम्बिनी र सुदूरपश्चिममा समेत पूर्वमाओवादीलाई एमालेमा ल्याउनुभएको छ ।

देशभरी नै एमालेप्रति आकर्षण बढिरहेको समयमा पुर्व लडाकुहरु यसरी प्रवेश गर्दा माओवादी केन्द्रलाई ठूलो धक्का पर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *