भोजपुरमा माधव नेपालको पार्टी परित्याग गर्ने क्रम तीब्र : वडा कमिटी नै एमालेमा समाहित

भोजपुर! भोजपुरमा माधव नेपालको पार्टी नेकपा एकिकृत समाजवादीको वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।
जिल्लाको टेम्के मैयुङ गाउँपालिका वडा नं ९ वडा वडा कमिटीका अध्यक्ष सन्तोष चाम्लिङ राई सहित वडा कमिटीका सबै सदस्यहरु नेकपा एमालेमा समाहित भएका हुन् ।
नेकपा एमालेको वडा स्तरीय कार्यकर्ता भेलामा नेकपा अध्यक्ष राई सहितको सबै टिम एमालेमा समाहित भएको हो ।
समाहित भएको टिमलाई एमाले भोजपुरका अध्यक्ष शरण राई, प्रदेश कमिटी सदस्य एवम् गाउँपालिका अध्यक्ष ध्रुव राई लगायतका नेताहरुले स्वागत गर्नुभएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमाले भोजपुरमा पार्टी प्रवेशको लहर नै चलेको छ ।

सत्ता स्वार्थका कारण मुल पार्टी छोडेर माधव नेपालको साथमा हिडेकाहरु अहिले बिचल्ली परेको भन्दै मुलघर एमालेमै फर्किन थालेपछि भोजपुर लगायत देशभरी माधव नेपालका पछि लागेका नेताहरु तनाबमा परेको खबर प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *