कपिलवस्तुबाट संघिय सांसद सहित १० हजार बढि नेता कार्यकर्ताहरु एमालेमा प्रवेश

काठमाडौं । कपिलवस्तुबाट आज विभिन्न पार्टी परित्याग गरी १० हजार बढी नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज सोमबार कपिलवस्तुमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा संघीय सांसद बृजेशकुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १, वडा अध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडा अध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनालप्रताप साह, राप्रपाका नेता खेमराज लगायतका १० हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
समारोहमा सांसद गुप्ताको नेतृत्वमा ७ हजार र कुनालप्रताप साहको नेतृत्वमा ३ हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
उहाँहरुलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कपिलवस्तु पुगेरै पार्टीमा स्वागत गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *