जलेश्वर नगरपालिकाकी उपमेयर,सम्सी गाउँपालिकाका अध्यक्षसहित दर्जनौं नेताहरु एमालेमा प्रवेश

काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिकाको उपमेयर मनचुन देवी लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गर्नुभएको छ ।

साथै सम्सी गाउँपालिकाका अध्यक्ष एवं माओवादी केन्द्रका नेता शेख फारूख, माओवादी केन्द्रबाट रामगोपालपुरको वडा नम्बर ८ को अध्यक्षमा विजयी हुनु भएका रामविलास मण्डल उक्त पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । साथै नेपाली कांग्रेसको तर्फबाट महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर ४ का विजयी हुनु भएका अध्यक्ष उमेश महतो, ३ का अध्यक्ष जयनारायण मण्डल पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

साथै लोहरपट्टी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामबाबु यादव पनि एमाले प्रवेश गर्नुभएको छ। उहाँहरु सबैलाई एमाले अध्यक्ष ओली र स्थायी कमिटी सदस्य प्रभु साहले बालकोटमा आज पार्टिमा स्वागत गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *