कैलालीको मालाखेतीबाट काङ्ग्रेस परित्याग गरि ४६ जना एमालेमा प्रवेश

कैलाली! गाेदावरी नगरपालिका -३ मालाखेती टोलमा ४६ जना नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरु आज मालाखेती टोल कमिटी गठन कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उक्त पार्टी प्रवेश कार्यक्रममा एमाले कैलाली जिल्ला कमिटी सदस्य आनन्द भट्ट,गणेश साउँद र एमाले गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट लगायतका नेताहरुले टिका लगाई पार्टी प्रवेश गराउनु भएको थियो।

आज २१ सदस्यीय मालाखेती टोल कमिटी र मुक्ती टोलमा १५ सदस्यीय कमिटीपनि गठन गरिएको छ।                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *