कैलालीको गोदावरीबाट नेता नरेश भट्टले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश

कैलाली ! नेकपा माओवादी केन्द्रका कैलालीका नेता नरेश भट्टद्वारा माओवादी केन्द्र परित्याग गरी आज नेकपा एमाले प्रवेश गर्नु भएको छ।

उहाँलाई एमाले गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले पार्टीमा टिका लगाएर स्वागत गर्नु भएको छ।

नवप्रवेशी भट्टले आज सुदुरपश्चिमका सर्वोच्च कमाण्डर लेखराज भट्टको शुभ जन्मोत्सव भएका कारण आजकै दिन एमाले प्रवेश गरेको बताउनु भएको छ। एमाले केन्द्रिय सचिव एवं सुदुरपश्चिमका अभिभावक लेखराज भट्टको जन्मोत्सव पारी आफू एमाले प्रवेश गरेको र अहिलेको सन्दर्भमा एमाले नै देश र जनताको पार्टी भएकोले आफू प्रवेश गरेको स्पष्ट पार्नुभएको छ। माओवादी केन्द्रका नेताहरु व्यक्तिगत स्वार्थमा रुमल्लिएर देश र जनताका मुद्दा छोडेकाले आफूले माओवादी त्यागेको बताउनु भयो।                     

उक्त प्रवेश कार्यक्रममा गो.न.पा ०६ का एमाले अध्यक्ष संतोष सिंह र गो.न.पा ०४ का एमाले अध्यक्ष रबिन्द्र रोका मगरपनि सहभागी हुनुहुन्थ्यो। उहाँहरु तिनै जनाले नेता भट्टलाई एमालेमा स्वागत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *