पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै

काठमाडौं ! समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ।

उहाँहरुलाई आज मंगलबार दिउँसो १ बजे एमाले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउदै हुनुहुन्छ।

उक्त कार्यक्रममा समाजवादी जनता पार्टी पुरै एमालेमा समाहित हुनेछ। पुर्वमन्त्री सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री हुनुहुन्थ्यो। अभिनेत्री करिश्मा मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहि पछिल्लो समय निष्क्रिय रहेर बस्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *