पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर भोलि एमाले प्रवेश गर्दै

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
उहाँहरु दुवै जनालाई मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको स्रोतले सभ्यखबरलाई जानकारी दियो ।

स्रोतका अनुसार समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनु भएका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लाग्नु भएको जनाइएको छ ।
पछिल्लो समय एमालेमा प्रवेश गर्नेहरुको सङ्ख्या देशभर बढेको पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *