झलनाथ खनालको साथ छोड्दै इलामबाट सयौं कार्यकर्ताहरु एमालेमा फर्किए : अध्यक्ष ओलीले गर्नुभयो स्वागत

काठमाडौं ! नेकपा एमाले सूर्योदय नगर कमिटी इलामले आयोजना गरेको जनसभामा सयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । काङ्ग्रेस-माओवादी र विशेषगरी माधव नेपाल र झलनाथ खनालको पार्टी नेकपा(एस) परित्याग गरि सयौं कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
विशेषगरी एसका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको उक्त स्थानमा एमाले अध्यक्ष ओली नै गएर सभा गर्नु र पार्टी प्रवेश गराउनुले नेकपा(एस) मा हलचल मच्चिएको छ। आफ्ना कार्यकर्ताले आफ्नो साथ छोडेर घर फर्किएको हुदा झलनाथ खनालको राजनितिमा थप चुनौती थपिएको छ।

उक्त सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओलीका साथै एमाले उपाध्यक्ष सुवास नेम्वाङपनि सँगै हुनुहुन्थ्यो।                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *