कर्णाली माओवादी केन्द्रका प्रभावशाली नेता ठम्मरबहादुर विष्ट आज एमालेमा प्रवेश गर्दै

काठमाडौं ! कर्णाली प्रदेशका माओवादी केन्द्र संसदीय दल प्रमुख सचेतक ठम्मरबहादुर विष्ट आज आइतबार एमाले प्रवेश गर्दै हुनुहुन्छ ।

एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उहाँलाई पार्टीमा स्वागत गर्न जाँदै हुनुहुन्छ। विष्टसहित थप केही जिल्ला कमिटिका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको नेकपा एमाले कर्णालीले जनाएको छ। विष्ट एमाले प्रवेश गर्ने भएपछि माओवादी केन्द्र कर्णालीले उनलाई कारवाही गरेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *