जनमोर्चा सुदुरपश्चिमका प्रभावशाली नेता प्रशान्त थापा एमालेमा प्रवेश

कैलाली! जनमोर्चा सुदुरपश्चिम प्रदेशको दाहिने हात मानिने नेता प्रशान्त थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ। उहाँ आज एक कार्यक्रमका बीच एमाले प्रवेश गर्नुभएको हो।

नेता थापालाई एमाले पोलिटव्युरो सदस्य एवं एमाले कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले पार्टिमा स्वागत गर्नुभएको थियो। उक्त कार्यक्रममा नेता रानाका साथै एमाले कैलालीका विभिन्न तह र तप्काको जिम्मेवारीमा रहनुभएका नेताहरुको उपस्थिति थियो।

एमाले प्रवेश गर्दै नेता थापाले जनमोर्चा कम्युनिस्टको नाममा काङ्ग्रेसको पछुवा बनेको र कम्युनिस्ट सिद्धान्तबाट च्युत भएकोले आफुले एमाले रोजेको बताउनु भयो। एमालेमात्र देशको असली पार्टी रहेकोले अब यहि पार्टिमै रहेर आफुले देश र जनताको खातिर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *