काङ्ग्रेस जुम्लामा पहिरो : प्रदेश `ख´ का उपसभापति दानसिंह खत्री सहित नेताहरु एमालेमा प्रवेश

काठमाडौ ! नेपाली काँग्रेस जुम्लाको प्रदेश `ख´ का उपसभापति दानसिंह खत्री आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

आज बिहान अध्यक्ष ओलीको निवास पुगेर खत्रीले एमालेमा प्रवेश गर्नुभएको हो। खत्रीसँगै जुम्लाबाट अन्य विभिन्न पदमा रहि काम गर्नुभएका काङ्ग्रेस नेताहरुले पनि पार्टी परित्याग गरि अध्यक्ष ओलीबाट टीका लगाइ एमालेमा प्रवेश गर्नुभएको छ ।

नेता खत्रीका अनुसार काङ्ग्रेसमा पुरातनवादी शैली र बिखण्डनवादी शैली हावी भएकोले आफुले एमाले प्रवेश गरेको बताउनु भयो। साथै अब केही समयभित्रै धेरै काङ्ग्रेसका नेता/कार्यकर्ताहरु एमालेमा भित्रीने जिकिर गर्नुभयो।                                                           

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *