अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा एमाले प्रवेश गर्दै

काठमाडौं! अभिनेत्री करिश्मा मानन्धरले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमाले प्रवेश गर्ने हुनुभएको छ ।
मानन्धर आगामी वैशाख ९ गते कम्युनिस्ट पार्टिको स्थापना दिवसको दिन एमाले प्रवेश गर्ने तय भएको बालकोट स्थित विशेष स्रोतले सभ्यखबरलाई जनायो ।

मानन्धरले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको सार्वजनिकरुपमा नै लेख्नुभएको थियो । उहाँले यसबीचमा पटक पटक अध्यक्ष ओली र एमाले नेताहरुसँग भेट गर्नुभएको छ र आफू एमालेमा प्रवेश गर्न चाहेको बताउदै आउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *