झुक्याएर नेकपा(एस) मा प्रवेश गराएको भन्दै गोदावरी नगरपालिका-०५ कि वडा सदस्य एमालेमा फिर्ता

कैलाली! गोदावरी नगरपालिका वडा नं. ५ की एक वडासदस्य एमालेमा फर्किएकी छन । नेकपा (एकिकृत समाजवादी) मा सनाखत गरेकी वडासदस्य रेस्मी परियार पुनः एमालेमै फर्किएकी हुन ।

उनलाई पुर्व सामाजिक विकाशमन्त्री एवम् एमालेका प्रदेश कमिटी सदस्य कृष्णराज सुवेदीले अविर लगाएर एमालेमा स्वागत गरेका थिए । यसअघी २०७४ सालको स्थानिय तहको निर्वाचनमा एमालेबाट निर्वाचित परियारले आफुलाई झुक्याएर समाजवादीमा प्रवेश गराएको बताईन ।
पुर्वमन्त्री सुवेदीका स्वकिय सचिव एवम् एमालेका युवा नेता लोकेन्द्र धामीका अनुसार वडासदस्य परियारले आफु सुर्य चिन्ह लिएर चुनाव जितेकाले एमालेमै बसेर काम गर्ने उद्देश्यले एमालेमा फर्किएको बताएकी थिईन ।

उनका साथै नेकपा माओवादीका नगरकमिटि सदस्य विर बहादुर नेपाली पनि एमालेमा प्रवेश गरेको नेता धामीले बताए । गोदावरी नगरपालिकामा एस त्यागी एमाले फर्किने अभियान तीब्र छ। स्थानीय निर्वाचन नजिकिएकोले पनि जनप्रतिनिधिहरु आफ्नो राजनैतिक भविस्य सुनिश्चित गर्न मुल घर फर्किरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *