विरगन्ज महानगरपालिकाका मेयर सहित जनप्रतिनिधिहरु एमालेमा प्रवेश

काठमाडौं ! वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीमा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो । उहाँलाई आज एमाले अध्यक्ष ओलीले विरगन्जमा एक भव्य कार्यक्रमका बीच पार्टिमा स्वागत गर्नुभएको हो।

आजै मेयर सरावगी सहित वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गर्नुभएको छ।

उहाँहरु विरगन्जमा आयोजित ठूलो सभा आयोजना सहित एमालेमा प्रवेश गर्नुभएको हो।

मेयर लगायत उहाँहरुलाई एमाले प्रवेश गराउने कार्यक्रममा एमालेका मधेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *