कंचनपुरको बेलौरीमा विभिन्न पार्टी परित्याग गरी डेढ सय जना एमालेमा प्रवेश

महेन्द्रनगर । कंचनपुरको बेलौरीमा विभिन्न पार्टी परित्याग गरी डेढ सय जनाले नेकपा एमाले प्रवेश गरेका छन् । शुक्रबार बेलौरीमा आयोजित कार्यकर्ता भेलामा डेढ सय जनाले एमाले प्रवेश गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार लानु चौधरी, नेपाली कांग्रेस भलबन्साका क्षेत्रिय सभापती फुल चरण चौधरी, नेकपा संयुक्तका सांसद पदका उम्मेदवार हरिद्वारा राना, माओवादी केन्द्रकामहंगुलाल चौधरी, फुलराम चौधरी, बिर्ख कार्की लगायतले एमाले प्रवेश गरेको नेकपा एमाले कञ्चनपुरका सचिव पल्बराज भट्टदले बताए ।

‘विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश भएका छन्,’ उनले भने, ‘उनीहरुलाई पार्टीका सुदूरपश्चिम सहईन्चार्ज कर्ण थापाले टिका लगाउँदै स्वागत गरेका थिए ।’

एमालेको बेलौरी नगर कमिटीले आयोजना गरेको भेलामा एमाले कञ्चनपुरका ईन्चार्ज निरुदेवी पाल, एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टलगायतको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *