रङ्गेलीमा रित्तियो माओवादी केन्द्र : मेयर,उपमेयर सहित करिब ५ हजार एमालेमा प्रवेश

काठमाडौं ! माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई  एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराउनु भएको छ ।

एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहनुभएको छ । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *