गोदावरी नगरपालिकाबाट काङ्ग्रेस,माओवादी परित्याग गरि १०० जना भन्दा बढी एमालेमा प्रवेश

कैलाली ! गोदावरी नगरपालिका वडा न. १२ स्थित नाइल ,सल्ली चाप ,हलौडे लगायतका टोल बाट नेपाली काङ्ग्रेस,माओवादी केन्द्र,लगायत विभिन्न पार्टी परित्याग गरि १०० जनाभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

आज आयोजित एक कार्यक्रमका बीच उनिहरु एमालेमा प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा(एमाले) का केन्द्रिय सचिव लेखराज भट्टले अविर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो। उक्त नगरपालिका, सचिव भट्टकै गृह नगर हो। उक्त कार्यक्रममा पार्टिका प्रदेश कमिटी सदस्य एवं प्रदेशका पुर्वमन्त्री कृष्णराज सुवेदी,अर्का प्रदेश कमिटी सदस्य एवं गोदावरी नगरपालिकाका मेयर हरि सिं साउद,एमाले कैलाली अध्यक्ष रतन थापा,एमाले कैलाली जिल्ला कमिटी सदस्यहरु हितेश ओझा, आनन्द भट्ट,एमाले गोदावरी नगरपालिका का नगर अध्यक्ष गोकर्ण भट्ट, रास्ट्रीय युवासंघ नेपालका सचिवालय सदस्य एवं एमाले गोदावरी नगरपालिका वडा न.४ का अध्यक्ष रविन्द्र रोकामगर,एमाले वडा न. ६ का अध्यक्ष सन्तोष सिंह,युवा नेता योगेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो।

उक्त अवसरमै नेताहरुले सोही टोलमा पार्टिको टोल कमिटी पनि गठन गर्नुभएको थियो।                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *