काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं ! सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–२ का वडाध्यक्ष बमबहादुर तामाङ नेकपा (एमाले) प्रवेश गरेका छन्। २०७४ मा भएको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। एमालेकै उम्मेदवारलाई पराजित गरेर उनी वडाध्यक्ष बनेका थिए।

‘नेतृत्वको व्यक्तिवादी स्वार्थको कारण वाक्कदिक्क भएर चार दशक रगत पसिना बगाएको पार्टी त्यागेको हुँ,’ तामाङको विशेष स्रोतले भन्यो। बाह्रविसेमा आयोजित कार्यक्रममा एमाले स्थायी समिति सदस्य शेरबहादुर तामाङले शनिबार उनलाई पार्टीमा स्वागत गरेका थिए। त्यसको दुई दिनअघि मात्र उनले प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस त्यागेको घोषणा गरेका थिए।

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पेलान सहन नसक्दा बाध्य भएर बिकल्पमा एमाले रोजेको तामाङले खुलाए। नेता बस्नेत बाह्रविसेकै हुन्। बस्नेतकै प्रेरणामा उनी २०४२ देखि कांग्रेसमा क्रियाशील बनेका थिए। ‘उहाँ (बस्नेत) ले नै कांग्रेस बनाउनु भएको हो। पछिल्लो समय उहाँकै चरम पेलानमा परेँ। शान्ति दिएनन्। भित्तामै पुर्‍याउन खोजे बस्नेतले,’ उनले पार्टी छोड्नुको कारण सुनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *