विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष अमृतराज वैद्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उहाँलाई एमाले नेताहरूले पार्टी प्रवेश गराउनु भएको हो।

काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमान्डर हुनुहुन्थ्यो। उहाँ त्यसपछिको प्रतिनिधिसभा चुनावमा भने गगन थापाको चुनावी अभियानमा हुनुहुन्थ्यो ।
एमाले प्रवेश गर्दै वैद्यले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि नेपालमा केपी ओलीबाट मात्र सम्भव देखेर एमालेमा समाहित हुने निर्णय गरेको बताउनु भयो ।

उहाँलाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टिमा स्वागत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *