बैतडीमा काङ्ग्रेस,नेकपा(एस) परित्याग गरि १६० जना बढि एमालेमा प्रवेश

बैतडी! बैतडीमा आज नेकपा(एस) र नेपाली काङ्ग्रेस परित्याग गरि उल्लेख्य संख्यामा नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

नेकपा (एमाले ) बैतडी जिल्ला शिवनाथ गाउँपालिकाको आयोजनामा आयोजित घर फर्क अभियान कार्यक्रम अन्तर्गत नेकपा(एस) का प्रदेश कमिटी सदस्य एवं नेकपा (एमाले )का पुर्व उपाध्यक्ष हजारी साउद, नेकपा कालिन जिल्ला कमिटी सदस्य करन पार्की र वीर बहादुर साउद नेकपा(एमाले) मा फर्किएका छन् ।

साथै सोही स्थानबाट नेपाली काङ्ग्रेसका निर्वाचित वडा सदस्य चम्पा तिर्वा सहित १५६ जनाले सो पार्टी परित्याग गरि नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्ने सबैलाई प्रतिनिधिसभा सदस्य एवं एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले टीका तथा खादा लगाएर आफ्नो पार्टिमा भित्र्याउनु भएको थियो।                                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *