कैलालीको घोडाघोडीबाट काङ्ग्रेस,माओवादी परित्याग गरि ठूलो संख्यामा एमालेमा प्रवेश

कैलाली! कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा आज काङ्ग्रेस,माओवादी र राप्रपा परित्याग गरि १०० भन्दा बढी नेकपा(एमाले) मा पार्टी प्रवेश गरेका छन् ।

घोडाघोडी नगरपालिका-१२ मा आयोजित कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा(एमाले) कि पोलिटव्युरो सदस्य एवं सुदुरपश्चिम प्रदेश सह-इन्चार्ज लिला भण्डारीले टीका लगायर पार्टिमा स्वागत गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि एमाले नेतृ भण्डारीका साथै अतिथिहरुमा एमाले केन्द्रिय सदस्य एवं पुर्वमन्त्री गौरिशङ्कर चौधरी,एमाले कैलालीका उप-सचिव एवं घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी लगायत स्थानिय नेताहरुको उपस्थिति रहेको थियो।

नवप्रवेशीहरुले आजको समयमा देशमा एमाले बाहेकका पार्टिको औचित्य नरहेको बताएका छन् । एमाले बाहेकका पार्टिले देश र जनताका लागि केही गर्न नसक्ने जिकिर गर्दै आफुहरु एमालेमा प्रवेश गरेको बताए।                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *