मोरङमा माओवादीबाट निर्वाचित मेयर सहित ठूलो संख्यामा जनप्रतिनिधिहरु एमाले प्रवेश गर्दै

काठमाडौं ! मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया एमाले प्रवेश गर्ने हुनुभएको छ । बगडियाले आफू एमाले प्रवेश गर्ने निधो भएको जानकारी दिनुभयो।

नेकपा एमाले मोरङले आउँदो फागुन २५ गते रंगेलीमा सार्वजनिक सभा गर्दैछ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदै हुनुहुन्छ। अध्यक्ष ओली प्रमुख अतिथी रहनुहुने उक्त सभामा वृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रम रहेको र उक्त सभाबाट निर्वाचित वडाध्यक्षसहित केही जनप्रतिनिधिहरू पनि पार्टी प्रवेश गर्ने तयारी गरेको एमालेले मोरङले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा रंगेली नगरपालिकाबाट बगडियाले ८ हजार ८६ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो,उहाँ माओवादी केन्द्रबाट मेयरमा निर्वाचित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *