काभ्रेबाट काङ्ग्रेस- माओवादी परित्याग गरि प्रभावशाली नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! नमोबुद्ध नगरपालिका निवासी नेपाली काङ्ग्रेस काभ्रेका नेता एवं निर्माण ब्यबसायी काभ्रेका पुर्व अध्यक्ष ज्ञानबहादुर लामा सहित काङ्ग्रेसका युवा नेता एवं बर्गर हाउस सन्चालक कृष्ण लामा, नेपाली काङ्ग्रेस जनजाति महासङ्गको कोषाध्यक्ष ज्ञाणु लामा र माओवादी जिल्ला कमिटी सल्लाहकार माइला लामा लगायत १० जना आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

उहाँहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजि निवास बालकोटमै पार्टिमा स्वागत गर्नुभएको छ। एमाले काभ्रेका नेता एवं मेयर अशोक व्यन्जुको पहलमा नवप्रवेशीहरु बालकोट पुग्नुभएको थियो।

प्रवेशीहरुले देश र जनताको लागि काम गर्ने एमालेमात्र भएकोले आफुहरुले एमाले रोजेको बताउनु भयो। पछिल्लो समय काङ्ग्रेस र माओवादीले आफ्नो ट्र्याक भन्दा बाहिर गएर जनघात गर्दै गरेकोले आफुहरुले उक्त पार्टी त्यागेको बताउनु भयो।                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *