कैलाली -कैलाली जिल्लाको गोदावरी नगरपालिका – ३ बाट नेपाली काङ्ग्रेस परित्याग गरि पदम भट्टराईको नेतृत्वमा ३५ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आज धनगढीमा उनिहरु एमालेमा प्रवेश गरेका हुन । उनिहरु एमाले सचिव लेखराज भट्टका गृहनगरबासी हुन् ।
पार्टी प्रवेश गर्नेहरुलाई एमालेका महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्टले टिका अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । एमाले पार्टीको निती सिद्धान्त मन परेर एमालेमा प्रवेश गरेको उनिहरुले बताएका छन्।
केही दिन यता एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ। विशेषगरी एमसिसी पास गर्न भुमिका नखेलेकोले एमालेप्रति आकर्षण बढेको छ। सुदुरपश्चिम प्रदेशमा असन्तुष्टहरु माओवादी काङ्ग्रेसका नेता कार्यकर्ताहरुलाई एमालेमा भित्र्याउन सचिव भट्टले विशेष भुमिका खेलिरहनु भएको छ। 



