नेकपा(एस) मा विद्रोह : पार्टी एमसिसीको पक्षमा लागेको भन्दै कंचनपुरमा वडा अध्यक्ष सहित एमालेमा प्रवेश

काठमाडौ : नेकपा एकीकृत समाजवादी (एस) पार्टीले अमेरिकी सहयोगको एमसीसी परियोजनामा द्वैध चरित्र देखाएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले कञ्चनपुरको भीमदत्त नगरपालिकामा पार्टी परित्याग गरेका छन् ।

भीमदत्त नगरपालिकाको १६ नम्बर वडाका वडाध्यक्ष दशरथ धानुकसहित नेताहरू मंगलवार पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेमा विद्यार्थी नेताहरू अनेरास्ववियूका कञ्चनपुर जिल्ला सचिवालय सदस्य गोविन्द धामी, जिल्ला कमिटी सदस्यहरू नवराज जोशी, जगदिश पन्त, विराट वड र सन्दिप पार्की रहेका छन् ।

विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भ्रममा परेर विभाजनकारी कित्तामा उभिएका सबै विद्यार्थीलाई विद्यार्थी आन्दोलनलाई एकतावद्ध र सशक्त बनाउन अनेरास्ववियुमा समाहित हुन आह्वान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *