अर्घाखाँचीका स्थापित माओवादी केन्द्रका नेता एमालेमा प्रवेश

काठमाडौं ! अर्घाखाँची जिल्लाको बाँगीका माओवादी केन्द्रका नेता विष्णु चौहान नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्र निकट अर्घाखाँची काठमाडौ गणतान्त्रिक मञ्चका उपाध्यक्ष रहनु भएका  चौहान जनतामा स्थापित नेता हुनुहुन्छ ।

उहाँलाई नेकपा एमालेका  महासचिव शंकर पोख्रेल र केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले पार्टीमा स्वागत गर्नुभएको थियो । चौहान अर्घाखाँची मालारानी वडा नं. ५ बाँगी निवासी हुनुहुन्छ ।

 

उहाँ सँगै राष्ट्रिय जनमोर्चाका युवानेता छत्रदेव-६ निवासी प्रकाश बन्जाडे र नेकपा माओवादी केन्द्र निकट मजदुर नेता अमर नेपाली समेत नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । अर्घाखाँची घरभई बुटवल ,काठमाडौं बस्दै आएका ठुलो संख्यामा अरु पार्टीका नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने तयारीमा रहेको  नेकपा एमालेका जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले बताउनुभयो । उहाँले कम्युनिस्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले भएको भन्दै एमाले प्रवेश  गर्नेहरुको संख्या हजारौं हुने दावी समेत गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *