नौं वर्षपछि एमालेमै फर्किनुभयो गणेशमान गुरुङ,भन्नुभयो : नेता त केपी ओली जस्तो पो

काठमाडौं ! जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङ  नौ बर्षपछि नेकपा (एमाले) मै फर्किनु भएको छ।

जसपाका गण्डकी प्रदेश समिति इन्चार्जसमेत रहनुभएका  उहाँलाई शुक्रबार एमाले अध्यक्ष केपी ओलीले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पार्टिमा स्वागत गर्नुभयो।

त्यस कार्यक्रममा गुरुङले पार्टी भनेकै एमाले र नेता केपी ओली भएको पनि बताउनु भयो।
‘हाम्रा गुरुङहरु भन्छन्, लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे,’ जसपा छाडेर एमाले रोजेपछि उहाँले भन्नुभयो, ‘पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता।’

अध्यक्ष ओलीले अबको जीवन देश र जनताका लागि भनेझैँ आफूहरुको अबको जीवन पनि एमालेका लागि भएको गुरुङले प्रस्ट्याउनु भयो।

कास्कीको धम्पुस निवासी गुरुङ यसअघि २०६९ साल एमालेमै हुनुहुन्थ्यो तर अशोक राईसहितले छाडेपछि उहाँपनि संघीय समाजवादी पार्टीतिर लाग्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *