दाङमा काङ्ग्रेस, माओवादी परित्याग गरि सयौं कार्यकर्ता एमालेमा प्रवेश (फोटो फिचर)

काठमाडौं ! देशभरी विभिन्न पार्टिहरु परित्याग गरि नेकपा (एमाले) मा प्रवेश गर्ने लहरै चलेको छ। आज दाङको लमही, गढवा, राप्ती र राजपुरबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चा र नेकपा समाजवादीबाट सयौं नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खादा र अविर लगाएर पार्टिमा स्वागत गर्नुभएको थियो। महासचिव पोखरेल संगै पार्टिकी पोलिटव्युरो सदस्य एवं सचेतक शान्ता चौधरीपनि हुनुहुन्थ्यो।

एमाले प्रवेश गर्नेहरुले अन्य पार्टिमा नव अवसरवाद,नातावाद,कृपावाद हावी भएकोले आफुहरुले एमाले पार्टी रोजेको बताउनु भयो। अब एमालेमा गोलबद्द भएर देश र जनताका अधिकारका खातिर संघर्ष गर्ने उहाँहरुको भनाइ थियो।   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *