कालिगण्डकी गाउँपालिकाबाट माओवादी काङ्ग्रेसका प्रभावशाली नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! नेकपा (एमाले) कालिगण्डकी गाउँपालिका पार्टी कमिटीद्वारा आयोजित कार्यक्रममा आज नेकपा ( माओवादी केन्द्र) का नेता क्याप्टेन रूपबहादुर श्रीस, नेपाली काङ्ग्रेसका पूर्व वडा सभापति चामबहादुर श्रीस सहित २८ जना नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।

उहाँहरुलाई एमाले उपमहासचिव प्रदीप ज्ञावालीले पार्टिमा स्वागत गर्नुभएको हो। माओवादी र काङ्ग्रेस देश र जनता हितभन्दा बाहिर गएर अल्मलिएकोले वर्तमान समयमा एमाले रोज्नु परेको प्रवेशीहरुको भनाई छ। एमाले नै देश बनाउने पार्टी रहेकोले आफुहरुले आफ्नो विगतको पार्टि त्यागेको उहाँहरुको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *