धरानमा काङ्ग्रेस, माओवादी परित्याग गरि ६०० बढी एमालेमा प्रवेश

काठमाडौं ! नेकपा(एमाले)का महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यमा सुनसरी जिल्लाको धरानमा आज वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा माओवादी र काङ्ग्रेस परित्याग गरि ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । उक्त कार्यक्रममा माओवादीवाट वडा कमिटी अध्यक्षहरु, अन्य पदाधिकारी, सदस्यहरु प्रवेश गरेका छन् । माओवादी कार्यकर्ता ४६७ जना र काङ्ग्रेस लगायत अन्य दलबाट १०० जना माथी प्रवेश गरेका एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले सभ्यखबरलाई जानकारी दिनुभयो।

नवप्रवेशीहरुलाई एमाले महासचिव पोखरेलले पार्टिमा स्वागत गर्नुभएको थियो। माओवादी र काङ्ग्रेसमा बैचारिक स्खलन आएकोले आफुहरुले देश बनाउने पार्टी एमाले रोजेको नवप्रवेशीहरुको भनाई थियो।
उक्त कार्यक्रममा प्रदेश पार्टी अध्यक्ष तुलसी न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहेको थियो।                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *