नेकपा एसका नेता नन्दसिंह बुढा एमालेमा फर्किए

काठमाडौं ! कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रहेका थिए ।

बिहीबार एमाले महासचिव शकंर पोखरेलले उनलाई स्वागत गरेका हुन् । टेलिफोनमा कुरा गर्दै उनले आफु पुरानै घरमा फर्किएको बताए । समाजवादीका अधिकांश नेतालाई नेकपा एमाले भएको आरोप डोल्पामा लाग्दै आएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *