रौतहटबाट माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश

काठमाडौं ! जिल्लाको वृन्दावन नगरपालिकाका नगर कमिटी अध्यक्ष, उपाध्यक्षसहित माओवादी केन्द्रका दर्जनौं नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आइतबार आयोजित नेकपा (एमाले)को घरदैलो कार्यक्रममा माओवादी नगर अध्यक्ष संजिव पटेल, नगर उपाध्यक्ष कृष्णनन्दन पटेल लगायतका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उद्धव रेग्मी, प्रदेश सभा सदस्य पदका उम्मेदवार अखिलेश्वर चौधरी, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बिना साह, मधेस प्रदेश समानुपातिक उम्मेदवार आरती भण्डारी, जित बहादुर बि.क., क्षेत्रीय इन्चार्ज प्रेम शंकर यादव लगायतले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नवप्रवेशी नगर अध्यक्ष पटेलले देश बनाउने एकमात्र पार्टी नेकपा (एमाले) भएकाले आफुहरु माओवादी परित्याग गरेर एमालेमा आएको बताए । उनले समय क्रमसँगै माओवादीले जनयुद्धको मर्मलाई चट्टकै बिर्सिएर कांग्रेसको भुँई चढ्ने काम गर्दै कम्यूनिष्ट चरित्र त्याग गरेकाले आफुहरुले वास्तविक कम्यूनिष्ट शक्तिको रुपमा नेकपा (एमाले)लाई छानेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *