आज मध्यरातबाट चालु संसद अधिवेशन अन्त्य हुँदै

काठमाडौं ! आज वैशाख २ गते मध्यरातबाट चालु संसद अधिवेशन अन्त्य हुँदै छ । चैत्र ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो ।