राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौ ! राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजेर ९ मिनेटमा सुरु हुनेछ।

आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने, अध्यक्षले राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेकाे छ।

यसैगरी, अध्यक्षले विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभाम छलफल हुने कार्यसूची रहेको छ संघीय सचिवालयले जनाएकाे छ।