काठमाडौ ! आज राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्ने जनाइएको छ।
बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछिन्।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल प्रारम्भ हुनेछ।