प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ! प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बाेलाइएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । आजकाे बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा उद्याेग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको कायभार सम्हाल्नुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

बैठकमा अर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।